दुई हप्तामा कतारमा हृदयाघातबाट २ नेपाली कामदारको ज्यान गयाे

 फागुन ४, २०७५ शनिबार १६:३७:० | शैलेन्द्र महतो
unn.prixa.net

 धनुषा - कतारको एलजी कम्पनीमा कार्यरत एक नेपाली कामदारको शुक्रबार हृदयाघातबाट ज्यान गएको छ । ज्यान जानेमा धनुषा, जनकपुरका ४८ वर्षका उदय नारायण सदा रहेका छन् ।

कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत सदाको शुक्रबार बिहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर ज्यान गएको हो । 

यस्तै त्यसै कम्पनीमा कार्यरत्त झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट ज्यान गएको कम्पनीमा कार्यरत नेपाली कामदार सूर्य खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार रविको शव एकहप्ता अघि नेपाल पठाइसकिएको र उदयनारायाणको शव नेपाल पठाउने तयारी भइरहेको छ । 

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • नेपाल प्लस

    Feb. 16, 2019, 5:59 p.m.

    हृदयघातवाट बच्नेे उपायहरू मा डा बिकास डलीले दिनुभएकाे सुझावलाई पनि हेर्नु भयाे भने केही घटाउन सकिन्छ । https://youtu.be/jXpzK-Ye5_8

तपाईको प्रतिक्रिया