यस्तो छ राष्ट्र बैंकले तोकेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ

 जेठ ५, २०७६ आइतबार १०:२१:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६६ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ ।

 यस्तै कुवेती दिनारको १ को खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७० रुपैयाँ २३ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ २४ पैसा र बिक्रीदर २९८ रुपैयाँ ८३ पैसा छ । 

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ । 

तपाईको प्रतिक्रिया