विवरण अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द (विवरणसहित)

 जेठ ७, २०७६ मंगलबार ११:२५:११ | उज्यालो सहकर्मी

 

काठमाण्डौ – वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको विभागले जनाएको छ । 

तोकेको समयभित्र आफ्नो विवरण अद्यावधिक नगरेको भन्दै विभागको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द भएको जनाइएको छ ।

वैशाख २३ देखि जेठ ३ गतेसम्म म्यानपावर कम्पनीलाई विवरण अद्यावधिक गर्न समय दिइएको थियो । यो समयभित्र विवरण अद्यावधिक नगर्ने म्यानपावर कम्पनीको  अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोबार बन्द गर्ने विभागले चेतावनी पनि दिएको थियो  । 

कारोबार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न नपाउने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिनुभयो । 

म्यानपावर कम्पनीले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जाललगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने थियो । विभागमा एक हजार ५२७ कम्पनी दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । विभागले यसअघि नियम विपरीत काम गर्ने २०७ वटा म्यानपावर कम्पनीको दर्ताा खारेज गरेेको थियो ।  

अनलाइन कारोबार बन्द भएका म्यानपावरहरु

तपाईको प्रतिक्रिया