यूएईमा कार्यरत अर्घाखाँचीका युवाहरुद्वारा आगलागी र मृगौला पीडितलाई सहयोग

 जेठ ७, २०७६ मंगलबार १५:१३:५ | उज्यालो सहकर्मी

 

यूएई – यूएईमा कार्यरत अर्घाखाँची छत्रदेव गाउँपालिकाका युवाहरुले आफ्नो गाउँका  आगलागी र मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । 

अघिल्लो महिना भएको आगलागीका कारण घर गोठ तथा बस्तुभाउ जलेर नस्ट हुँदा समस्यामा परेका छत्रदेव ८ अर्घातोषका गोपाल रिमालको परिवारलाई यूएईमा कार्यरत युवाहरुले ३५ हजार सहयोग गरेका हुन् ।

त्यस्तै उनीहरुले सोही गाउँकै मृगौला पीडित १४ वर्षीय मनिषा नेपालीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन । 

छत्रदेव गाउँपालिकाबाट यूएई आएर रोजगारी गरिरहेका युवाहरुको सँगठित संस्था बल्कोट दुबई सम्पर्क समिति यूएईमार्फत डेढ सातामा ७० हजार रुपैयाँ संकलन गरेर आर्थिक सहयोग गरेको  समाजका अध्यक्ष तुमलाल पाण्डेले जानकारी दिनुभयो । 

संकलित रकमबाट ६० हजार सम्बन्धित परिवारलाई प्रदान गरिएको र बाँकी १० हजार रुपैयाँ संकलन गर्न बाँकी भएकोले सो रकम आपतकालिन कोषमार्फत विपतमा परेका परिवारलाई प्रदान गरिने समाजले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल, वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ र ३ नम्बर वडाका अध्यक्ष तेजप्रसाद खनालको रोहबरमा समाजका कोषाध्यक्ष नमराज भुसालको उपस्थितीमा मगलबार एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया