नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था छनोटमा मलेसियाले छिट्टै निर्णय दिने

 जेठ १०, २०७६ शुक्रबार १३:५६:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था छनोटमा मलेसियाले छिट्टै निर्णय दिने बताएको छ । 

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच बिहीबार भएको छलफलमा कुलासेगरनले स्वास्थ्य परीक्षण गर्ने संस्था छनोटमा छट्टै निर्णय दिने बताउनुभएको हो । 

नेपालीका लागि मलेसियाको रोजगारी बन्द भएको एक वर्ष भइसक्दा मलेसियाले स्वास्थ्य परीक्षणमा देखिएको अन्यौलता टुङ्ग्याउने जवाफ दिएको हो ।  राजदूत पाण्डे र मन्त्री कुलासेघरनबीचको छलफल मुख्य रूपमा नेपालमा आबद्ध हुन लागेका नयाँ स्वास्थ्य संस्थाको छनोटका बिषयमा केन्द्रित रहेको मलेसियामा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

मलेसिया जाने कामदारसँग विभिन्न बहानामा रकम असुलेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षअघि मलेसियाको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा संलग्न संस्था खारेज गरेको थियो । 

तपाईको प्रतिक्रिया