प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिब लक्षित बनाउन प्रदेश र स्थानीय तहलाई श्रम मन्त्री विष्टको आग्रह

 जेठ १०, २०७६ शुक्रबार १९:१४:६ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिब नागरिक लक्षित बनाउन श्रम, रोजगार तथा सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रदेश र स्थानीय तहलाई पनि आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । 

यस्तै उहाँले शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ भन्ने तथ्यांक खोज्ने र त्यसको जानकारी नागरिकलाई उपलब्ध गराउने पनि बताउनुभयो ।  त्यसका लागि रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । 

मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नुपरेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया