यस्तो छ रियाल, रिंगिट, दिर्हाम, दिनार र वनको विनिमय दर

 साउन ३, २०७६ शुक्रबार ९:५८:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित, रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको थियो । 

आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । हिजो पनि खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको थियो।

आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०६ पैसा रहेको थियो । 

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७४ पैसा र बिक्रीदर २६ रुपैयाँ ८९ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । हिजो पनि खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसानै थियो ।

कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४३ पैसा छ । हिजो खरिददर ३६० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५२ पैसा थियो। 
यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९२ रुपैयाँ ९७ पैसा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया