भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती, मलेसियामा पाण्डे

 असार ३२, २०७५ सोमबार १६:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सरकारले  भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले उहाँहरुलाई ती देशका राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ । 

प्रस्तावित राजदूत उप्रेती भूटान र अफगानिस्तानका लागि तथा पाण्डे इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्नुहुनेछ । 

पाण्डे यसअघि साउदी अरबका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । मलेसियाबाट निरञ्जनमानसिंह बस्न्यात फर्किएपछि कुमारराज खरेलले कार्यबहाक राजदूतको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

 

तपाईको प्रतिक्रिया