रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्रा कमजोर

 साउन २, २०७५ बुधबार ११:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रिदर २९ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ र बिक्रिदर ३० रुपैयाँ १६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ७३ पैसा छ भन बिक्रिदर ३ सय ६२ रुपैयाँ ७१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ४७ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ०५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया