दुबईमा सञ्चालित स्वास्थ्य शिविरमा २ सय ३० नेपालीले गरे स्वास्थ्य परीक्षण

 फागुन ३, २०७६ शनिबार १७:४२:२६ | उमाकान्त पाण्डे

यूएई – यूएईमा कार्यरत नेपालीका लागि भनेर शुक्रबार सञ्चालित स्वास्थ्य शिविरमा २ सय ३० जनाले स्वास्थ्य परीक्षण गरेका छन् । 

नेपाली समाज यूएई र दुबईको रशिदिया पोलिक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । 

शिविरमा सहभागी धेरैले रक्तचाप, रगत परीक्षण, मधुमेह, दाँत, थाइराइड लगायतका स्वास्थ्य समस्या  जाँच गरेको समाजका अध्यक्ष गोविन्द ढकालले बताउनुभयो ।

यूएईमा रहेका नेपालीहरुमा स्वास्थ्य सचेतना जगाउनको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको नेपाली समाज यूएईले जनाएको छ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया