कुवेतमा ढिस्कोले पुरिएर ज्यान गुमाउने थप दुई नेपालीको पनि परिचय खुल्यो

 फागुन ४, २०७६ आइतबार १८:३६:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतमा बालुवाको ढिस्कोले पुरिंदा ज्यान गुमाएका थप दुई जना नेपालीको पनि परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा नवलपरासीका पूर्णबहादुर मगर र रोल्पाका राजु रोका मगर रहेको नेपाली दूतावास कुवेतले जनाएको छ । गएको बुधबार कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएको थियो ।

ज्यान गुमाउनेमध्ये पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको यसअघि नै सनाखत भैसकेको छ।

उनीहरु कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाको दूरीमा पर्छ । घटनाको विषयमा छानबिन भइरहेको र शव स्वदेश फर्काउने प्रक्रिया चलिरहेको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया