पोर्चुगलमा नेपाली दूतावास खोल्न माग

 फागुन १२, २०७६ सोमबार १५:१३:४८ | रासस

काठमाण्डाै – परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले पाेर्चुगलमा नेपाली दूतावास खाेल्ने प्रतिबद्धता जनाउनुभएकाे छ । प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उहाँले पाेर्चुगलमा नेपाली दूतावास खाेल्ने बताउनुभएकाे हाे ।

मञ्चको एक  प्रतिनिधिमण्डलले पटक पटक  पाेर्चुगलमा नेपाली दूतावास खाेल्नेबारे ध्यानाकर्षण गर्दा पनि नेपाल सरकारले चासो नदिएको भनी परराष्ट्रमन्त्रीसँग गुनासो गरेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले छिटोभन्दा छिटो याे समस्या समाधानका लागि आफू र सरकार प्रतिबद्ध भएको बताउनुभयो । 

प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी सबैसँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको हकहितका लागि लाग्न पनि उहाँले अनुरोध गर्नुभयो । यस्तै उहाँले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र  अवैध कमिशन लिन छुट नभएको बताउनुभएको छ ।

कार्यक्रममा स्पेन, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्डसलगायत युरोपेली राष्ट्रका प्रवासी नेपाली एकता  मञ्चका नेताकार्यकर्ताको सहभागिता थियो । 

तपाईको प्रतिक्रिया