श्रमिकको गुनासो सुन्न कतारमा छुट्टै ‘हटलाइन’, समस्या परे म्यासेज पनि गर्न सकिने

 चैत १९, २०७६ बुधबार १७:२७:३३ | उज्यालो सहकर्मी

काठमाण्डौ – कतारले श्रमिकको गुनासो सुन्न छुट्टै हटलाइनको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरिएको कतारको श्रम मन्त्रालयले जनाएको छ ।

श्रमिकले फोनका साथै आफ्नो आइडी अथवा भिसा नम्बरसहित आफ्नो समस्या म्यासेज पनि गर्न सक्नेछन् । फरक भाषा बोल्ने श्रमिकसँग कुरा गर्न र उनीहरुको समस्या समाधानका लागि यो सेवा सुरु गरिएको कतारले जनाएको छ ।

यस्तै, श्रम मन्त्रालयले बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको समस्याका विषयमा पनि अन्तरिक मन्त्रालयसँग छलफल गरेको र यस्ता श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने कतारको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया