नेपाली श्रमिकको हेरविचारका लागि साउदी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री ज्ञवालीद्वारा धन्यवाद व्यक्त

 चैत २७, २०७६ बिहिबार २०:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च समूह–२० को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाले कोभिड–१९ को महामारी फैलिएका बेला सदस्य देशहरुलाई भिडियो कन्फ्रेन्सिङका माध्यमबाट एकजुट गराएकामा त्यसको सराहना गर्दै मन्त्री ज्ञवालीले आप्रवासी नेपाली श्रमिकको हेरविचार गरेकामा धन्यवाद दिनुभयो ।

सङ्कटको घडीमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले  त्यसतर्फ विचार गर्न मन्त्री ज्ञवालीले राजकुमार सउदसँग अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जवाफमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वस्त पार्नुभयो ।

तपाईको प्रतिक्रिया