बिहीबार रियाल, दिर्हाम र कोरियन वनको मूल्य बढेन

 साउन ३१, २०७५ बिहिबार १०:४३:५५ | उज्यालो सहकर्मी

काठमाडौं – बिहीबार पनि बुधबार जस्तै साउदी र कतारी रियालको मूल्य उस्तै छ । कोरियन वनको सटही दर पनि बुधबारको तुलनामा केही पैसा घटेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ २५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७४ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ३४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया