कात्तिक १२ देखि कामदार लैजान मलेसिया र नेपालबीच एमअाेयूमा हस्ताक्षर हुने

 असोज २८, २०७५ आइतबार ११:३७:१७ | सन्जिता देवकोटा

काठमाडौं – आउँदो कात्तिक १२ गतेदेखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने भएको छ ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने र १२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्र एमओयूमा हस्ताक्षर हुने श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले आइतबार एनआरएएनएका पदाधिकारीहरुसँगको छलफल बताउनुभएकाे हाे ।

एमओयूको मस्यौदमा गएको असोज १२ गते नै दुई देशबीच सहमति जुटेको थियो ।

विभिन्न बाहानामा कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो । नेपाल र मलेसियाबीच एमओयूमा हस्ताक्षर भएपछि कामदारको करार अवधि २ वर्षको मात्रै हुनेछ । 

मलेसियाको रोजगारी निशुल्क

अब समझदारी पत्रमा हस्ताक्ष भएपछि नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने छन् ।

स्वास्थ्य परीक्षणदेखि लेबीसम्म र टिकटदेखि सेवाशुल्कसम्मका सबै प्रक्रिया सक्काउदा मलेसिया जाने नेपालीकादारले ठूलो आर्थिक भार व्यर्होन पथ्यो । 

सम्झौता भएपछि बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि २९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ  भने कामदारले सरकारबाट मान्यताप्राप्त र पूर्वाधार पूरा भएको स्वास्थ्य संस्थाबाट मेडिकल गर्न सक्नेछन् । 

म्यानपावरलाई आधा महिनाको तलब

पठाउने म्यानपावरले सेवा शुल्क वापत कामदारको आधा महिनाको तलब बराबरको पैसा पाउने छन् । तर त्यो पैसा रोजगारदाताले नै तिर्नु पर्नेछ । कामदारको तलबबाट काट्न नपाउने कुरा एमओयूमा उल्लेख छ । 

मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले पनि नेपालको इच्छा अनुसार नै नेपाली कामदार लैजाने बताएका थिए । केही समय लागेपनि श्रम मन्त्री गोकर्ण विष्टको पहलमा मलेसियाको रोजगारी कामदारकै पक्षमा हुने गरी खुल्ने भएको छ । 

याे पनि पढ्नुहाेस् 

श्रममन्त्रीको सह्रानीय काम : मलेसियाको रोजगारी निःशुल्क

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया