युएईमा जथाभावी बाटो काट्नेलाई १२ हजार भन्दा धेरै जरिवाना हुने

 कात्तिक २७, २०७५ मंगलबार १६:२२:१९ | उज्यालो सहकर्मी

युएई – युएईमा जथाभावी बाटो काट्नेलाई चार सय दिर्हाम अथवा १२ हजार भन्दा धेरै जरिवना हुने भएको छ ।  जथाभावी बाटो काट्नु गतल भएको र यसले धेरैको ज्यान गएको भन्दै प्रहरीले जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने निणर्य गरेको जनाएको छ । 

त्यस्तै ट्राफिक लाइटको बेवास्ता गरेमा पनि चार सय दिर्हाम नै जरिवाना हुने प्रहरीले जनाएको छ । ‘गलत ठाउँबाट बाटो काट्दा तपाईँका ज्यान पनि जोखिममा पर्नसक्छ, र जरिवाना पनि तिर्न पर्छ,’ युएई प्रहरीले भनेको छ । 

यएईमा जथाभावी बाटो काट्नु गैरकानुनी हो । सन् २०१७ मा मात्रै जथाभावी बाटो काट्ने ५० हजार जनालाई कारबाही गरिएको आबुधाबी प्रहरीले उल्लेख गरेको छ ।

युएईमा जथाभावी बाटो काट्ने र पदैल यात्रुको मृत्युदर सन् २०१६ को तलुनामा २०१७ मा २१ प्रतिशतले बढेको छ । 


 

तपाईको प्रतिक्रिया