बकधुवाका युवालाई वैदेशिक रोजगार सम्बन्धी जानकारी

 असार ७, २०७५ बिहिबार १२:२७:१३
unn.prixa.net

सप्तरी – सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका युवालाई  विदेश जादाँ तथा समस्यामा पर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराइएको छ  ।

गाँउपालिकाको सहयोग तथा सामुदायिक किास तथा मानव अधिकार संरक्षण केन्द्र राजविराजको आयोजनामा बकधुवाका युवालाई वैदेशिक रोजगार सम्बन्धी जानकारी गराइएको हो ।

वैदेशिक रोजगारलाई सुरिक्षत बनाउन युवाका माध्यमबाट आवश्यक जानकारी तथा सीप सिकेर जान अनि पैसा बुझाउँदा अनिवार्य रुपमा भरपाई लिन सचेत गराइएको प्रशिक्षक चन्दनकुमार यादवले बताउनुभयो । 

नबुझी र सीप नसिकी जाँदा धेरै समस्या पर्ने गरेकोले त्यस्ता विषयमा जानकारी गराइएको थियो ।  कार्यक्रममा वडा नम्वर ५ का वडा सदस्य हजमुक मियाँले विदेश जाँदा आफूले गर्ने कामको सीप नसकि विदेश जाने नेपालमा भने अनुसारको काम नपाएर समस्यामा परिरहेको भन्दै सबै कुरा बुझेर र सीप सिकेर मात्रै जान आग्रह गर्नुभयो । कार्यक्रममा ५० जना सहभागी थिए । 

तपाईको प्रतिक्रिया