गोविन्दप्रसाद न्यौपाने / मलेसिया

प्रश्नः मलेसियामा ३० महिनाअघि सडक दुर्घटनामा परेपछि उपचार गराइरहेको छु। १६ जुन २०१५ मा दुर्घटनामा परेँ। श्रम स्वीकृति १८ अगष्ट २०१८ मा र बीमा पनि उही मितिमा सकिन्छ। अब म नेपाल आउन अझै एक वर्ष लाग्छ होला। मैले वैदेशिक रोजगार विभाग र बीमाबाट पाउने क्षतिपूर्ति पाउन सक्छु कि सक्दिन् ? मेरो घाँटी भाँचिएको छ। टाउको र हात अलि अलि मात्र चल्छ।


 

उत्तरः गोविन्द जी, श्रम स्वीकृति गरेपछि सम्झौता अवधिमा नै दुर्घटनामा परेकाले तपाईंले क्षतिपूर्ति पाउनुहुन्छ। उपचार गराएको कागजात चाहिँ सुरक्षित राख्नुहोला। तपाईंलाई बीमा गरेको कम्पनी र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँछ।