मिना थापा / सुर्खेत

प्रश्न : कसरी विदेश गए महिला कामदार सुरक्षित हुन सक्छन् ?


 

उत्तर : मिना जी, सिप सिकेर सिधै म्यानपावर कम्पनीमार्फत विदेश जाँदा पुरुष होस् वा महिला, उनीहरुको काम र कमाई राम्रो हुन्छ । औद्योगिक क्षेत्र, होटल मजदुर, सरसफाई मजदुरको काममा नेपाली महिला कामदार पनि विदेश गइरहेका छन् । दलालको भर पर्नु हुन्न । दलालले एउटा काम भनेर अर्को काममा पठाउन सक्छन् । त्यसैले सचेत हुनुहोस । घरेलु काममा विदेश नगएको राम्रो ।