राजेश / युएई

प्रश्नः युएई सुरक्षा गार्डको भिसा आउन कति समय लाग्छ ? कति समय बितेपछि भिसा लाग्ने / नलाग्ने पक्का हुन्छ?


 

उत्तरः राजेश जी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङका अनुसार सुरक्षा गार्डमा कुन क्षेत्रमा जाने हो त्यस अनुसार भिसा लाग्ने समय निर्धारण हुन्छ। तपाईं निजी क्षेत्रमा सुरक्षा गार्डको काम गर्न चाहनुहुन्छ भने कामको निवेदन दिएको २ दिनमा नै भिसा लाग्छ। र सरकारी कम्पनीमा चाहिँ सुरक्षा गार्डको भिसा लाग्न कम्तिमा १० दिन र बढीमा १५ दिनको समय लाग्छ। तर समयमै भिसा लाग्न कोटा हुनुपर्छ। कोटा छैन भने लामो समय पनि लाग्न सक्छ। कोटाका लागि पर्खाईको सूचिमा पहिले नै व्यक्ति छनोट गरेर राखिएको हुन्छ। तपाईंले जहाँबाट निवेदन दिनुभएको छ त्यहीबाट भिसा लागेको नलागेको जानकारी आउँछ।