प्रकाश पौडेल / बाग्लुङ

प्रश्नः म वैदेशिक रोजगारीमा जान चाहन्छु। तर मेरो रगतमा विलिरोविनको मात्रा तीन देखि चार एमजी छ। अर्थात् यसको मात्रा बढी हुनुलाई मेडिकल भाषामा जन्डिस भनिदो रहेछ। बाँकी रिपोर्ट सबै ठिक छ। डाक्टरले पनि सबै ठिकै छ, तर रोजगारीका लागि विदेश जान चाहिँ फिट हुन्छ कि हुन्न भन्ने हामीलाई थाहा हुन्न भन्नुभयाे। अब म विदेश जान सक्छु कि सक्दिन। अन्त्यमा पोर्चुगल, जापान, रसिया, युरोप जान खाडी मुलुकको जस्तो मेडिकल पास गर्नुपर्ने बाध्यकारी नियम छ कि छैन?


 

उत्तरः प्रकाश जी, नेपाल स्वास्थ्य व्यवसायी महासंघका केन्द्रीय प्रतिनिधि सुरेश पौडेलका अनुसार सामान्य मानिसमा विलिरोविनको मात्रा ०.४ देखि १.४ एमजीसम्म हुन्छ। तपाईंको शरीरमा यसको मात्रा निकै उच्च रहेको देखिन्छ। यस्तो अवस्थालाई रगतमा खराबी आएको भनिन्छ र लाखौंमा एक दुई जनालाई मात्र हुन्छ। जन्मजात नै विलिरोविनको उच्च भएका कारण तपाईंको शरीरमा अरु असर नदेखिएको हुनसक्छ। अनि, विलिरोविनको मात्रा शरीरमा उच्च भएकाहरुले रोजगारीका लागि भारत बाहेकका अन्य देशमा जान पाउँदैनन्। किनभने भारत बाहेक अरु देशमा रोजगारीका लागि जानेले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ।