प्रकाश केसी

प्रश्नः हिजोआज मलेसियाको रोजगारीमा नेपाली कामदार कहिलेदेखि लैजाने भनेर केही जानकारी आएको छैन । हामी कलिङ भिसा लागेर बसेका छौ । मलेसिया पठाउन सरकारले के पहल गरिरहेको छ ।


 

उत्तरः प्रकाश जी, जेठ २ गतेसम्म अन्तिम श्रमस्वीकृति लिएका कामदार मलेसिया जान पाउने भएका छन् । नयाँ कामदार र कलिङ भिसा आइसकेकाको हकमा अहिले केही निर्णय भएको छैन । नेपाल र मलेसिया सरकारबिच नै सम्झौता गरेर कामदार लैजाने प्रयास भइरहेको छ । त्यसका लागि विभिन्न छलफल भएका छन्।