ध्रुव भण्डारी / धादिङ

प्रश्न :  मलेसियाका लागि मेरो कलीङ्ग भिसा आएको थियो । अन्तिम श्रमस्वीकृति पनि भएको थियो। तर मेरो पेटमा घाँउ देखियो। छ महिना यात्रा नर्गन डाक्टरले सुझाव दिएकोले भिसा रद्द गराएँ। भिसा रद्द गराए वापत मैले म्यानपावर कम्पनीलाई कति पैसा तिर्नुपर्छ ?


 

उत्तर : कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ – वैदेशिक रोजगार विभाग ऐन २०६४ ले गरेको व्यवस्था अनुसार भिसा प्राप्त भएपछि जान नचाहेको खण्डमा लागेको खर्च क्षतिपुर्ति दिनु पर्छ। भिसा वापत वैदेशिक रोजगार कम्पनीहरुले पनि पैसा तिरेका हुन्छन्। भिसामा छाप नलागेको खण्डमा सात हजार रुपैया र लागीसकेको भए १० हजार रुपैया तिर्नु पर्ने हुन्छ।  प्रमाण हेरेर त्यसै अनुशार रकम भुक्तान गर्दा हुन्छ।