सन्जय राई

प्रश्नः म साउदी अरेविया आएको ६ महिना भयो। म घर फर्किन चाहन्छु। के गर्न पर्ला ?


 

उत्तरः सन्जय राई जी, साउदीको कानुन अनुसार तपाईँ घर फर्किनका लागि रोजगारदाताको अनुमती अनिवार्य रुपमा चाहिँन्छ। रोजगारदाताको अनुमती बिना तपाईँ स्वदेश फर्किन सक्नुहुन्छ। त्यसैले तपाईँले पहिलो कुरा रोजगारदातासँग घर फर्किँने अनुमति लिन पर्यो। यदी रोजगारदाताले अनुमति दिएन भने पनि तपाईँसँग अर्को विकल्प छ। तपाईँको परिवारले काठमाडौंको बुद्ध नगरमा रहेको वैदेशिक रोजगार विभागमा गएर तपाईँलाई स्वदेश फर्काउनका लागि निवेदन दिन सक्छन्। म्यानपावले तपाईँको रोजगारदातालाई अनुरोध गरिदिन सक्छ। तर रोजगारदाताको अनुमति चाहिँ अनिवार्य हो।