धनबहादुर रोकाय / कतार

प्रश्नः म यहाँ आयको ४ महिना भयो । कतारको परिचयपत्र पनि बनेको छैन । तलब ८ सय दिन्छ काम चाहिँ १३ भण्टा गर्न पर्छ । म्यानपावर र मलाई पठाउने मान्छेलाई के गर्ने होला ?


 

उत्तरः धनबहादुर जी, तपाईँलाई कम्पनीले सम्झौता भन्दा बढी काम र कम तलब दिएको हो भने तपाईँले म्यानपावर या तपाईँलाई विदेश पठाउन सहयोग गर्ने एजेन्ट विरुद्ध काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा उजुरी दिन सक्नुहुन्छ । त्यसका लागि तपाईँले बढी काम गरेको र कम तलब पाएको केही प्रमाण भने चाहिन्छ । तपाईँलाई कतारी आइडी कार्ड पनि नदिएर समस्या भएको छ र नेपाल फर्किन चाहानुहुन्छ भने नेपाल फर्किएको ३५ दिन भित्र विभागमा उजुरी दिनपर्छ । तपाईँको सम्झौता अनुसार कम भएको तलब दिलाउन विभागले सहयोग गर्छ ।