रमेश बहादुर शाही 

प्रश्नः मलेसियाबाट नेपाल आएको ६ वर्ष भयो । म फेरि पनि मलेसिया जान चाहान्छु । तर म्यानपावरले भिसा लाग्दैन भन्छ । किन होला ? २०७४ सालको माघमा मैले मलेसियाका लागि भिसा अप्लाइ गरेको थिए । के मैले फेरि मलेसिया जान पाउछु होला ?


 

उत्तरः रमेश जी, मलेसियाको रोजगारी गएको जेठ २ गतेदेखि बन्द छ । मलेसिया जाने कामदार स्वथ्य परीक्षण लगायत विभिन्न बहानामा ठगीमा परे भन्दै नेपाल सरकारले जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको हो । यो बीचमा नेपाल सरकार र मलेसिया सरकारबीच कामदार पठाउने विषयमा श्रम समझदारी पनि भैसकेको छ । कलिङ भिसा आएकाको हकमा भने श्रम स्कीकृती दिइएको पनि छ । तर तपाईँ पहिला मलेसिया बसेर फर्किए पनि अब नयाँ प्रक्रियाबाटै जानुपर्ने भएकाले तत्काललाई मलेसियाको रोजगारी नखुलेकाले म्यानपावरले तपाईँलाई भिसा लाग्दैन भनेको हो । तपाईँ मलेसिया जान पाउनुहुन्छ । तर बन्द रहेको मलेसियाको रोजगारी कहिले खुल्छ भन्ने यकिन छैन्।