गणेश पाण्डे

प्रश्नः मैले काम गरे अनुसारको तलब पाएको छैन । मैले के गर्नु पर्ला ?


 


उत्तरः गणेश जी, तपाईँलाई कुन देशमा र कस्तो काममा समस्या परेको हो भनेर खुलाउनुभएको छैन । यदी तपाईँले सम्झौता अनुसारको तलब नपाएको हो भने नेपालमा म्यानपावर विरुद्ध उजुरी दिन मिल्छ । त्यसका लागि तपाईँले काठमाण्डौको बुद्धनगरमा हरेको वैदेशिक रोजगार विभाग वा आफ्नै जिल्लामा गएर सिडियोलाई पनि निवेदन दिन सक्नुहुन्छ । सम्झौतामा उल्लेख गरे अनुसारको काम गरेर पनि तलब पाउनुभएको छैन भने नपुग तलब तपाईँलाई म्यानपावरले नै दिलाउनु पर्ने  प्रावधान छ ।