दिनेश कुमार भुजेल

प्रश्नः माल्दिभसमा रोजगारीका लागि नेपाल सरकारले इजाजत दिएको छ कि छैन ? या गैरकानुनी रुपमा पठाउने गरिएको त छैन ? मैले माल्निदभ्सका लागि पासपोर्ट पेश गरेको सात महिना भयो केही पनि प्रतिक्रिया नै आएको छैन । 


 


उत्तरः माल्दिभ्स नेपाल सरकारले रोजगारीका लागि खुल्ला गरेको देश हो । माल्दिभ्स रोजगारीका लागि खुल्ला गरेको कारण गैरकानुनी रुपमा पठाउने भन्ने हुँदैन । तर तपाईँले पासपोर्ट बुझाएको सात महिना भइसकेको रहेछ । के कारणले कुनै प्रक्रिया अघि नबढेको हो भनेर म्यानपावरसँग बुझ्नुहोला । म्यानपावरले तिन महिना भन्दा बढि तपाईँको पासपोर्ट होल्ड गरेर राख्न मिल्दैन । तपाईँले आफ्नो समस्या समाधानको लागि वैदेशिक रोजगार विभागमा सम्पर्क राख्नु सक्नुहुन्छ ।