चित्रराज भण्डारी/ यूएई

प्रश्नः म यूएई आएको एक वर्ष चार महिना भयो । म भिजिट भिसामा आएको हुँ । आउँदो भदौमा नेपाल आउँदैछु र श्रम गर्ने सोच बनाएकोछुँ । त्यसैले अब श्रम गर्दा के के कागजात चाहिन्छ ? के के प्रक्रिया पूरा गर्नुपर्छ ?


 

उत्तरः चित्रराज जी, भिजिट भिसामा यूएई गएर काम गर्दा श्रम स्वीकृति नलिएको हुनाले नेपाल आउदf श्रम स्वीकृति अनिवार्य रुपमा लिनुहोला । विना श्रम यूएईमा काम गरिरहेको अवस्थामा केही भवीतब्य परेको खण्डमा उद्दार सहयोग पाउन समस्या हुनसक्छ ।  

श्रम स्वीकृति लिनको लागि नेपाल दूतावास यूएईबाट सिफारिस पत्र लिन अनिवार्य छ ।  बिदामा नेपाल फर्किनुअघि आबुधावीमा रहेको नेपाल दूतावासबाट सिफारिस पत्र बनाउनु होला । त्यसका लागि आफूले काम गरिरहेको कम्पनीसँग गरेको श्रम सम्झौताको सक्कल, भिसाको सक्कल प्रति र पासपोर्ट दूतावासमा बुझाउनुपर्छ । त्यहाँको प्रक्रिया पूरा भएपछि वैदेशिक रोजगार विभाग काठमाण्डौको श्रम कार्यलय ताहाचलबाट सजिलै श्रम स्वीकृति पाइन्छ । 

तपाईँले आबुधावीमा रहेको नेपाली दूतावासमा सम्पर्क गरेर पनि सबै प्रक्रिया  बिस्तृतमा बुझ्न सक्नुहुन्छ ।  दूतावासको सम्पर्क नम्वर र इमेलः +971 2 634 4767, +971 2 634 4385, [email protected]