दिवस सापकाेटा

 प्रश्नः  मलाई माल्टा पठाउँछु भनेर एक लाख रुपैयाँ दिए तर मेरो कुनै अफर लेटर वा भिसा आएन ।  पैसा फिर्ता दिदा ३२ हजार रुपैयाँ काटेर बाकी पैसा दियाे । मेराे पैसा किन काटेकाे हाेला ?


 

उत्तरः दिवस जी, हामीले तपाईँको जिज्ञासा पिपुल फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं । तपाईँले म्यानपावर/एजेन्ट विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि कानूनी प्रक्रिया अनुसार रकम फिर्ता पाउनुभएको हो या म्यानपावरले माल्टा पठाउन नसकेपछि पैसा स्वत फिर्ता गरेको हो भनेर खुलाउनुभएको छैन । उहाँका अनुसार, यदी तपाईँलाई म्यानपावर आफैंले कुनै कानूनी प्रक्रियाबिनै पैसा फिर्ता दिएको हो भने कटाएर पैसा फिर्ता दिन पाइदैन । पैसा लिएर भनेको ठाउँमा पठाउन नसकेमा म्यानपावरले लिएको रकममा २० प्रतिशत थप गरेर फिर्ता गर्नुपर्ने कानूनी प्रावधान छ । ३२ हजार रुपैयाँ कटाएर रकम फिर्ता दिनु भनेको तपाईँ ठगीमा पर्नु हो । त्यसैले म्यानपावर विरुद्ध वैदेशिक रोजगार विभागमा गएर उजुरी गर्न अधिवक्ता न्यौपानेको सुझाव छ ।