रामनारायण बिडारी

प्रश्नः मलेसियामा अवैधानिक हुनेलाई सरकारले फर्किने मौका दिएको छ भन्ने सुनेको छु । यो मौकामा कसरी घर फर्किन सकिन्छ ? के के प्रक्रिया गर्न सकिन्छ बताइदिनुस् न ?


 

उत्तरः रामनारायण जी, मलेसियाले विभिन्न कारणले अवैधानिक भएका नेपालीसहित विदेशी नागरिकलाई अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि आममाफीको समय दिइएको हो । मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउनेछन् । भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयमा स्वदेश फर्किन सक्नेछन् ।

यो प्रक्रियामा सहभागी हुन तपाईँले सबैभन्दा पहिला त मलेसियाको क्वालालामपुरमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोस् । दूतावासले यात्रा अनुमती पत्र बनाउनदेखि मलेसियाको अध्यागमनसम्म पुर्याउन पनि सहयोग गर्छ ।यात्राअनुमती पत्र र एकतर्फी हवाइ टिकट भएपछि नेपाल फर्किनका लागि जरिवाना स्वरुप मलेसियन सरकारलाई ७ सय रिंगिट तिर्नुपर्छ । तपाईँलाई थप बुझ्न र सहयोगका लागि दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ र ०३२०२०१९०१ मा सम्पर्क गर्न सक्नुहुन्छ ।