बिष्णु बहादुर दर्लामी

प्रश्नः मैले यूएईमा काम गरेको ९ वर्ष भयो । म यहाँ रेस्टुराँमा काम गर्छु । मसँग चाइनीज परिकार बनाउने सीप छ । मैले नेपालमा आएर रेस्टुराँ खोलेभने केही अनुदान पाउछुकी पाउदिन् । पाउँछु भने कहाँ सम्पर्क गर्ने होला ?


 

उत्तरः विष्णु बहादुर जी, अहिले सरकारले विदेशबाट फर्किएर स्वदेशमा केही गर्नेहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । तपाईँ पनि स्वदेश फर्किएर काम गर्छु भन्ने सोच बनाउनुभएको रहेछ त्यो राम्रो हो । अहिले सरकारले विदेशबाट फर्किएर स्वदेशमा व्यवसाय गर्नेलाई अनुदान भन्दा पनि सहुलियतमा ऋण दिएको छ । नेपाल सरकारका विभिन्न निकायबाट अनुदान रकम पनि पाइन्छ । ऋण पाउने प्रक्रिया र अन्य जानकारीका लागि नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्थापना भएको कल सेन्टरमा फोन गरेर बुझ्नुहोस् ।  ९७७ १ ५९७०००८ नम्बरमा फोन गरेर जानकारी लिन सकिन्छ ।