महेश राई

अहिले शहरका स्कुल र गाउँका बोडिङ स्कुलमा अंग्रेजी माध्यमबाट अध्ययन हुँदै आएको छ । सबै स्कुलमा नेपालीसँगै अंग्रेजी माध्यमलाई पनि उत्तिकै महत्व दिएर अध्ययन गर्ने वातावरण मिलाएमा राम्रै हुन्थ्यो होला । हामीले नेपाली भाषालाई पनि चटक्कै माया मार्नु हुन्न अनि विश्वब्यापी बनेको अंग्रेजी भाषालाई पनि हेला गर्नुहुन्न । त्यसैले राज्यको यता पनि ध्यान जावस ।