हरि प्रसाद लम्साल / कतार

सबै भन्दा पहिले काम सिप सिकेर मात्र विदेश आउने काम गरौं। हातमा सिप छैंन भने तपाईंको कुनै मूल्यांकन हुनेछैन। कम्पनी कालो सूचीमा छ कि छैन, बुझाैं। आउँदा वैधानिक रुपमा नै आऔँ। श्रम स्वीकृति लिएर, नेपालको एयरपोर्ट नै प्रयोग गरौं। जुन देशमा जाने हो त्यो देशको दूतावासको नंबर साथमा राखौं। त्याे देशमा वर्जित कामहरू नगरौं।