Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

375_Desh Paradesh 2019-09-03

कार्यक्रम देश परदेशको ३७५ औं अंकमा कामदार भर्ना प्रक्रिया र न्यायमा पहुँचको अवस्थाको विषयमा केन्द्रित छ । एजेण्ट र म्यानपावरका कारण ठगीमा परेका पीडितका कुरा र कामदार भर्ना अभ्यास र  न्यायमा पहुँचको अवस्थाका विषयमा राष्ट्रिय मानवअधिकार आयोगका लागि प्रमुख अनुसन्धानकर्ता रामेश्वर नेपालसँगको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । जिल्लामा वैदेशिक रोजगार सम्बन्धी मुद्दाको छिनोफानो गर्ने प्रक्रियाबारे स्याङ्जा र धनुषाका प्रमुख जिल्ला अधिकारीका भनाइ । अनि समस्यामा परेकालाई न्याय दिने प्रक्रिया प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले गरिरहेको कामका विषयमा विभागका महानिर्देशक भीष्मकुमार भूसालसँगको कुराकानी । साथै विदेश जानुअघि र गन्तव्य देशमा पुगिसकेपछि कामदारले भोग्ने समस्यामा म्यानपावर व्यवसायीको कति जिम्मेवार छन् त भन्ने बिषयमा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सरोज कुमार पोख्रलको भनाई पनि कार्यक्रममा समावेश छ । साथमा छन् तपाईँले राखेका जिज्ञासामा हामीले खोजेका उत्तरहरु । र हप्ताभरीका वैदेशिक रोजगारी सम्बन्धि गतिविधि ।