Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

390_Desh Paradesh 2019-12-17

कार्यक्रम देश परदेशको ३९० औं अंक अन्र्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस र श्रमिकको अवस्थाको विषयमा केन्द्रित छ । अन्र्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा गरिने सप्ताहव्यापी कार्यक्रममार्फत आप्रवासी श्रमिकको समस्यालाई कसरी सम्बोधन गरिदै छ त ? वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा मूल समारोह समिति, प्रचार प्रसार संयोजक राजनप्रसाद श्रेष्ठसँगको कुराकानी र देशैभरी आप्रवासी श्रमिकको हक र अधिकारका लागि आवाज गुन्जिरहदा परदेशमा रहेका नेपाली श्रमिक के भन्छन् त ? यूएईमा कार्यररत नेपाली श्रमिकको भनाई कार्यक्रममा सुन्न सकिन्छ । हातमा सीप र साथमा सूचना नहुँदा धेरैले परदेशमा दुःख पाइरहेका छन् । परदेश जानेलाई सीप र सूचना दिन पालिकाहरुले के गर्दैछन् त भन्ने बिषयमा रिपोर्टका साथै वैदेशिक रोजगारीमा जानेको मानवअधिकारको अवस्था र न्यायमा पहुँचका विषयमा राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीसँगको कुराकानी कार्यक्रममा समावेश छ । अनि तपाईँका रुचिका विषय समेटिएको राउण्डअप पनि कार्यक्रममा सुन्न सकिन्छ ।