डलरसँगै अरु विदेशी मुद्राको मूल्यमा गिरावट

 कात्तिक ३०, २०७५ शुक्रबार ९:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - यो हप्ता अमेरिकी डलरसँगै अरु विदेशी मुद्राको भाउमा केही गिरावट आएको छ । हप्ताको पहिलो दिन आइतबार अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ६९ पैसा रहेकोमा हप्ताको अन्तिम दिन शुक्रबार खरिददर ११४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसामा झरेको छ । बिहीबार डलरको खरिददर ११५ रुपैयाँ ४० पैसा र बिक्रीदर ११६ रुपैयाँ थियो ।

यस्तै आइतबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८४ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ रहेकोमा शुक्रबार खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा तोकिएको छ । बिहीबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा थियो । 

कतारी रियालको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आइतबार कतारी रियालको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेकोमा शुक्रबार खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा तोकिएको छ । बिहीबार कतारी रियालको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८५ पैसा थियो ।

यस्तै आइतबार युएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेकोमा शुक्रबार खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसामा झरेको छ । बिहीबार युएईको दिर्हामको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

आइतबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा रहेकोमा शुक्रबार खरिददर २७ रुपैयाँ ४० पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा रहेको छ । बिहीबार मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५० पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा थियो ।  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया