कुन बैंक कति नाफामा ?

 कात्तिक ३०, २०७५ शुक्रबार १०:३:११ | उज्यालो सहकर्मी

काठमाडौं - बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) मा प्रायः सबै बैंकहरु नाफामा देखिन्छन् । कुन बैंक कति नाफामा छन् त ?

ईन्भेष्टमेन्ट बैंक

नेपाल ईन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा उत्साहजनक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले व्यवसायको आकार बढाउँदै आफ्नो खुद नाफा बढाएर वाणिज्य बैंकहरुमा आफूलाई अब्बल बनाउँदै लगेको हो ।

इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन चालू आवको प्रथम त्रैमासिक अवधिसम्म एक खर्ब ४१ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बैंकले एक खर्ब २४ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले ७.५२ प्रतिशत अर्थात ९ अर्ब ८७ करोड रुपैयाँले निक्षेप र कर्जा परिचालनतर्फ १७.२९ प्रतिशत अर्थात १८ अर्ब ३६ करोड ५८ लाख रुपैयाँले विस्तार गरेको छ ।

गएको आर्थिक वर्षको प्रथम त्रैमासिकमा १० अर्ब ६२ करोड ६४ लाखबाट चुक्ता पूँँजी १० अर्ब ६४ करोड ५६ लाख पुर्याएको बैंकको जगेडा कोषको आकार नै ८ अर्ब ९७ करोड ६४ लाखबाट १५ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ नाघेको छ ।

बैंकले विहीबार प्रकाशित गरेको एनएफआरएस प्रणाली प्रतिवेदन अनुसार खुद नाफा र फ्रि प्रोफिट दुबै एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ आर्जन गरेको उल्लेख छ ।

चालू आवको तीन महिना अवधिमा आर्जन गरेको यो नाफा गएको आवको यसै अवधिको तुलनामा १५ करोड ९६ लाख अर्थात १७.८४ प्रतिशतले बढी हो ।

नबिल बैंक

नबिल बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा आफ्नो खुद नाफा २३.६२ प्रतिशतले बढाएको छ। समीक्षा अवधिमा आफ्नो जगेडा कोषको आकार दोब्बर बनाएको यस बैंकले समग्र सूचकहरुमा उत्साहप्रद सुधार गरेको छ ।

बैंकले प्रकाशित गरेको एनएफआरएस प्रणाली अनुसार चालू आवको प्रथम त्रैमासिकमा एक अर्ब पाँच करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख छ । यो नाफा गएको आवको यसै अवधिको तुलनामा २० करोड ६० लाख अर्थात २३.६२ प्रतिशतले बढी हो ।

मेगा बैंक

मेगा बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३९५ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासिकमा ४० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत बर्षको यसै अवधिमा बैंकको खुद नाफा ८ करोड १८ लाख रुपैयाँ मात्रै थियो ।

टुरिजम डेभलपमेन्ट बैंकलाई गाभेको मेगाको अन्य सूचकहरु समेत सकारात्मक रहेका छन् ।

वित्तीय विवरण अनुसार बैंकको २३ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) रहेको छ । गतवर्ष यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १५ करोड ४३ लाख रुपैयाँले बढेको होे ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले ६५.९२ प्रतिशतले निक्षेप बढ्दा १४।५४ प्रतिशतले कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले ६६ अर्ब ११ करोड निक्षेप संकलन गरेर ६२ अर्ब २४ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा मेगा बैंकले ९२ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १७७।.५ प्रतिशतले धेरै हो ।

सानिमा बैंक

सानिमा बैंकले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  बैंकले गएको वर्ष यसै अवधिमा ३७ करोड ५० लाख खुद नाफा गरेकोमा १४ करोड ३८ लाखले मुनाफा बढाएको हो ।

एनएफआरएस प्रतिवेदन अनुसार सानिमा बैंकले ४६ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा ९फ्रि प्रोफिट० आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम ३२ करोड ६९ लाख रहेको थियो ।

एनसीसी बैंक

एनसीसी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा उच्च दरले नाफा बढाएको छ । बैंकले ८६ प्रतिशतले खुद नाफा तथा ७० प्रतिशतले वितरण योग्य नाफा बढाएको विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा बैंकको प्रतिशेयर आम्दानी नै १२३ प्रतिशतले बढेर प्रतिकित्ता ४० रुपैयाँ ११ पैसा कायम भएको छ । 

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६८ करोड छ । हकप्रद पूँजीकृत भएपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड पुग्नेछ । 
बैंकले पहिलो त्रैमासिक ४६ करोड ९१ लाख खुद नाफा गरेको छ । जुन गएको बर्षको यसै अवधिको तुलनामा ८६.५४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले २५ करोड १४ लाख खुद नाफा गरेको थियो ।

सेञ्चुरी बैंक

सेञ्चुरी कर्मर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा खराब कर्जामा नियन्त्रण गर्दै खुद नाफामा समेत सुधार गरेको छ।  
एनएफआरएस प्रणाली अनुसार सेञ्चुरीले चालू आवको प्रथम त्रैमसिकमा २७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख छ । 

गएको वर्षको यही समयको तुलनामा बैंकले १३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैकले खुद नाफामा १०४।७८ प्रतिशतले प्रगति हासिल गरेको छ ।

जनता बैंक

जनता बैंकको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गएको वर्षको यसै अवधिको तुलनामा दोब्बर भएको छ। त्रिवेणी विकास बैंकलाई गाभेको यस बैंकले गएको आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ३२ करोड १९ लाख रुपैयाँ पुर्याएको हो ।

गएको वर्षको प्रथम त्रैमासिकमा बैंकले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गएको वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९९।४८ प्रतिशतले बढाएको हो ।

सनराइज बैंक

सनराइज बैंकले चालू आर्थिक वर्षको तीन महिना अवधिमा खुद नाफासँगै समग्र वित्तीय सूचकहरुमा बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। चुक्ता पूँजी स्थिर रहेको बैंकले खराब कर्जा अनुपात घटाएर प्रतिशेयर आम्दानीमा ६ रूपैयाँले सुधार गरेको छ ।

सनराइजले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गएको वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो ।

नेपाल बंगलादेश बैंक

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बंगलादेश बैंकले खुद नाफा ३१ प्रतिशत तथा वितरण योग्य नाफा झण्डै ४३ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकको खराब कर्जाको आकार भने बढेको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च छ । कर्जा निक्षेप अनुपात नै झण्डै ८० प्रतिशत पुगेको छ । 
बैंकले पहिलो त्रैमासिकसम्म ३० करोड १९ लाख खुद नाफा गरेको छ । यो अघिल्लो बर्षको यसै अवधिको तुलनामा ३१ प्रतिशत भन्दा धेरै हो । गएको वर्षको पहिलो त्रैमासको बैंकको खुद नाफा २२ करोड ९७ लाख थियो । 

लक्ष्मी बैंक

लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आशालाग्दो वित्तीय विवरण प्रस्तुत गरेको छ । खराब कर्जा घटाएको बैंकका सबै सूचकहरु सुधारउन्मुख रहेका छन भने नाफा बढाउदा प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ ।

बैंकले पहिलो त्रैमासिकमा ३० करोड ३० लाख खुद नाफा गरेको छ । जुन गएको वर्षको यसै अवधिको तुलनामा ३४.१२ प्रतिशत बढी हो । गएको वर्षको यसै अवधिमा बैंकले २२ करोड ५९ लाख खुद नाफा गरेको थियो ।

एभरेस्ट बैंक

एभरेस्ट बैंकको नाफा चालू आवको पहिलो त्रैमासमा १९.१७ प्रतिशतले बढेको छ । बैंकको नाफा ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गएको वर्ष एभरेस्टले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५६ पैसा पुगेको छ । गत वर्ष २७ रुपैयाँ ७८ पैसा थियो । बैंकले १ खर्ब २० अर्ब ३३ करोड ९१ लाख निक्षेप सङ्कलन गर्दा कर्जा लगानी १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ भएको छ । 

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले पहिलो त्रैमासमा ३६.३६ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ  । बैंकले यो अवधिमा ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको हो । गत वर्षको यसै अवधिमा बैंकको नाफा ३९ करोड २९ लाख रुपैयाँ मात्र थियो । बैंको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ११ पैसा पुगेको छ । यो गत वर्षको तुलनामा बढेको हो । गत वर्षको यसै अवधिमा १९ रुपैयाँ ४५ पैसा थियो । बैंकले निक्षेप १ खर्ब ११अर्ब रुपैयाँ हुँदा कर्जा लगानी ९९ अर्ब ५० करोड रुपैयाँ विस्तार भएको छ । 

स्ट्यान्डर्ड चार्टड बैंक 

बैंकले चालू आवको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको तुलनामा खुद नाफामा २६.७७  प्रतिशतले वृद्धि हो । प्रतिसेयर आम्दानी भने गिरावट देखिएको छ । गत वर्ष ४९ रुपैयाँ ९५ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको अहिले प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । यो त्रैमासमा स्ट्यान्डर्डले ६५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा ४८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

कृषि विकास बैंक

कृषि विकास बैंकले ८२.१९ प्रतिशतले नाफा बढाएको छ । बैंकले पहिलो त्रैमासिकमा ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यही अवधिमा  ३६ करोड ३९ लाख ७२ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ ३५ पैसा पुगेको  छ ।  गत वर्ष १५ रुपैयाँ ९४ पैसा मात्र थियो । कृषि विकास बैंकमा १ खर्ब २ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ निक्षेप छ भने यस बैंकले १ खर्ब ६१ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

सिटिजन्स बैंक 

सिटिजन्सले पहिलो त्रैमासिकमा नाफामा ३४।३८ प्रतिशतले बृद्धि गरेर ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २६ पैसा छ । यो गत वर्षको  तुलनामा बढेको हो ।  गत वर्ष १५ रुपैयाँ ९० पैसा थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया