अष्ट्रेलियन नागरिकको शव हेलिकप्टरमार्फत काठमाडाैं लगिँदै

 कात्तिक ३०, २०७५ शुक्रबार १३:२४:२२ | मनिराज पाण्डे

कालिकोट – कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने क्रममा चट्टानमा ठोक्किएर बिहीबार मृत्यु भएका अष्टेलियन नागरिक एड्रिनको शव हेलिकप्टरमार्फत काठमाडाैं लगिएको छ । 

बिहीबार बिहान सान्नी त्रिवेणी गाउँपालिका–१, रकुको आम्तडा नजिकैको कर्णाली नदीमा र्‍याफ्टिङ गरिरहेको बेला उनको मृत्यु भएको हो ।

मुगुको रारातालबाट र्‍याफ्टिङ गर्दै आएका एड्रिन चढेकोे बोट कडा चट्टानमा ठोकिएर उनको मत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताउनुभयो । 

गएको वर्ष पनि त्यही ठाउँमा र्‍याफ्टिङ गर्दै आएका एक फ्रान्सेली नागरिकको मृत्यु भएको थियो । कर्णाली नदीको यस क्षेत्रमा र्‍याफ्टिङ गर्दै आउने ४ जना विदेशी पर्यटकको मृत्यु भइसकेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया