भोजपुरमा जिल्ला प्रहरी कार्यालयनजिकै आगलागी

 कात्तिक ३०, २०७५ शुक्रबार १३:५१:४६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी भएको छ । भोजपुर नगरपालिका वडा नं. ७ का गोविन्द सुन्दासको घरमा आगलागी भएको हो ।

घरको बीच तलमा बिजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।
आगलागीबाट कति क्षति भयो भन्ने विषयमा यकिन नभएको कार्कीले जानकारी दिनुभयो । 

आगलागी सुरु भएको एक घण्टा भित्रमा स्थानीय, आर्मी, प्रहरी र दमकलको सहायताले आगो निभाइएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया