दुवईमा जारी आईटीयु सम्मेलन सकिँदै

 कात्तिक ३०, २०७५ शुक्रबार १७:३५:२१ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – दुवईमा अन्तर्राष्ट्रिय टेलिसञ्चार संघ (आईटीयु) का २० अाै‌ विश्व सम्मेलन शुक्रबार सकिँदैछ । युएईको आयोजनामा दुवई वल्र्ड ट्रेड सेन्टरमा अक्टोबर २९ देखी चलेको सम्मेलन चीनलाई अध्यक्ष राष्ट्र घोषित गर्दै सकिन लागेको हो । 

सम्मेलनमा १ सय ९३ सदस्य देशका १ सय ३० जना मन्त्री, निजी क्षेत्रका कम्पनी , शैक्षिक संस्था तथा क्षेत्रीय र अन्तराष्ट्रिय निकायका ८ सय जना प्रतिनिधि गरी गरी झन्डै ३ हजार जनाको सहभागिता छ । 

सम्मेलनमा नेपालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको नेत्रित्वमा मन्त्रालयका दुई सहसचिव र तीन उपसचिव सहभागी हुनुुहुन्छ । र्यक्रमको उद्घाटनमा मन्त्री बास्कोटा सहभागी भएपनि व्यस्तताले नेपाल फर्किएपछी उपनेताको रुपमा युएईका कार्यबहाक राजदूत सागरप्रसाद फुंयाँलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ  ।

सम्मेलनले आईटीयूको वित्तीय योजना तय गर्दै पाँच प्रमुख कार्यकारीहरुको निर्वाचन गरेको थियो । आइटियुको नयाँ अध्यक्षता चीनले पाएको छ भने उप नेतृत्वमा  बेलायतले गर्ने भएको छ । यस्तै सम्मेलनले रेडियो सञ्चार क्षेत्र व्यूरो तथा दूरसञ्चार मानकीकरण क्षेत्र प्रबन्धक, दूरसञ्चार विकास एवम रेडियो नियमनका सदस्य पनि छनोट गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया