एक लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

 कात्तिक ३०, २०७५ शुक्रबार १७:४८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले शुक्रबार दिउँसो घुससहित बाराबाट प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।

हेटौंडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

एकजना व्यापारीसँग एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले कलैया उपमहानगरपालिका १ को देवकीलाल धर्मशाला परिसरबाट प्रहरी हवल्दार हजरालाई रंगे हात पक्राउ गरेको हो ।

भारतबाट पान मसाला ल्याउन लाइन मिलाइदिने भन्दै व्यापारीसँग प्रहरी हवल्दार हजराले घुस रकम लिएको अख्तियारको टोलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बारामा काजमा कार्यरत प्रहरी हवल्दार हजरालाई बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले सादा पोशाकमा परिचालन गरेका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया