मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनु भएको छ ।
पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन नगरे देशमामा पुनः द्वन्द्व जन्मन सक्नेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित ‘दिगो शान्तिका लागि न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दिगो शान्ति कायम गर्नका लागि द्वन्द्वको कारण पहिचान गरी समाधानका लागि नेपालले धेरै काम गर्न बाँकी रहेको स्मरण गराउनुभयो ।
पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायका लागि द्वन्द्वरत पक्षबीच पुनर्मिलनको विभिन्न अवसर राज्यले उपलब्ध गराउनेपर्ने पनि स्पष्ट पार्नुभयो ।