स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन

 कात्तिक ३०, २०७५ शुक्रबार १९:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजन गरिएको छ । 

निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत प्राप्त भएको ४ करोड बजेट विभिन्न २० योजनाका लागि विनियोजन गरेको हो । संघीय संसदका लागि एक मात्र निर्वाचन क्षेत्र तोकिएको खोटाङमा ३ सयको हाराहारीमा माग भएका योजनामध्ये २० योजनालाई छनौट गरेर बजेट विनियोजन गरिएको शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य भट्टराईले जानकारी दिनुभयो । 

प्रतिनिधिसभा सदस्य भट्टराईका अनुसार केपीलासगढी गाउँपालिकाको शुक्रबारे–पत्करु–मैयूँ सडकका लागि १५ लाख, सुंदेल–साल्पा पर्यटन सडकका लागि १५ लाख, ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडकका लागि ३० लाख, रावाबेँसी गाउँपालिकाको निगाले–जौबारी–नुनथला चौकी सडकका लागि २० लाख, हलेसी तुवाचुङ नगरपालिकाको रेग्मीटार–भाँडबेसी–हलेसी सडकका लागि ५० लाख, माल्खु–चुरीबन–शायखु–ताराखसे सडकका लागि १३ लाख बजेट विनियोजन गरिएको छ । 

यस्तै, साकेला गाउँपालिकाको साकेला मावि रतन्छामा कृषि बाली विज्ञान भवन निर्माणका लागि ५० लाख, निर्माणाधीन टेम्के–कर्मदोर्जे गुम्बा निर्माण र सडक निर्माणका लागि एकमुष्ट २० लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा–काहुले–स्यालगौंडे–छितापोखरी सडक स्तरोन्नतिका लागि २० लाख, छोरम्बुमा कोल्डस्टोर निर्माणका लागि १० लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महुरेगढी प्राविधिक शिक्षालयको भवन पूर्वाधार निर्माणका लागि २० लाख, छिप्तीबेँसी टोल–दिखुवा सडकका लागि १७ लाख, मनमायाँ राई खानीडाँडा बिमानस्थल–भुलभुले–ढकालबेँसी सडकका लागि २० लाख, काहुले–चिउरीडाँडा–लामदुवाली सडक स्तरोन्नतिका लागि २० लाख, पुरानो बैंकचोक–पोखरी सिँढी निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ । खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी पर्यटन क्षेत्र विकासका लागि २० लाख, गारेखोला खानेपानी आयोजना लिच्कीराम्चेका लागि १० लाख, जन्तेढुंगा गाउँपालिकाको चुम्लुङ–खाप्तिङ–रेभुवा सडकका लागि २० लाख, बराहपोखरी गाउँपालिकाको रुम्दु–फोक्सिङटार सडक (वराहपोखरी)का लागि १० लाख र सुन्तले–साकुमा–सडक (सुन्तले)का लागि १० लाख बजेट विनियोजन गरिएको भट्टराईले बताउनुभयाे । 

प्रतिनिधिसभा सदस्य भट्टराई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ र जिल्ला समन्वय अधिकारी शरद पोखरेल सम्मिलित निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन गरिएको भए पनि पत्रकार सम्मेलनमा गुरुङ अनुपस्थित हुनुहुन्थ्यो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया