तेह्रथुममा महिलासहित ६ जना जुवाडे पक्राउ

 मंसिर २, २०७५ आइतबार १८:४२:३२ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको म्याङलुङ बजारबाट शनिबार राति एक महिलासहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

म्याङलुङ बजारमा रहेको कोठा भाडामा लिई पान पसल सञ्चालन गर्दै आएका सोमनाथ ढुंगानाको पसलमा तास खेल्दै गरेका ६ जना जुवाडेलाई शनिबार राति १२ बजे प्रहरीले नियन्त्रण लिएको हो ।

तास खेल्दै हो–हल्ला गरेको भन्ने उजुरीका आधारमा छापा मार्दा उनीहरुबाट ताससहित १७ हजार ६ सय ५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्कीले बताउनुभयो ।

पान पसल सञ्चालक ढुंगानासहित म्याङलुङ नगरपालिका वडा नम्बर १ बस्ने महेन्द्र गुरागार्इँ, वडा नम्बर ३ बस्ने अर्जुन निरौला, वडा नम्बर २ बस्ने सुमन तामाङ, वडा नम्बर १ बस्ने बाबुराम चौहान र लालिगुराँस नगरपालिका–६ घर भई डेरा गरी बस्ने सीता संग्रौलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

करणी आरोपमा एक व्यक्ति पक्राउ

जबरजस्ती करणी आरोपमा तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुबाट एकजना पक्राउ परेका छन् ।

स्थानीय १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४७ वर्षका राजेन्द्रकुमार डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो ।

डाँगीले बालिकाको घरमा गएर बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले प्रहरीले समक्ष उजूरी दिएपछि डाँगी पक्राउ परेका हुन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया