सुनिल शेट्टीकी छोरी अथियाको करियर बनाउने जिम्मा लिए सलमानले

 मंसिर ४, २०७५ मंगलबार ९:०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता सुनिल शेट्टीका छोरा आहान शेट्टी छिट्टै नै बलिउडमा डेब्यू गर्दैछन् । निर्देशक मिलन लुथरियाको निर्देशन तथा निर्माता साजिद नाडियावालाको निर्माणमा बन्ने फिल्मबाट उनले डेब्यू गर्नेछन् । 

सुनिल शेट्टीकी छोरी अथिया शेट्टीले भने ३ वर्ष अघि नै सुभाष घईको फिल्म ‘हिरो’ बाट बलिउड डेब्यू गरिसकेकी छिन् । यस फिल्मको निर्माण अभिनेता सलमान खानले गरेका थिए । तर फिल्मले बक्स अफिसमा सफलता हासिल गर्न सकेन । अथिया अहिले बलिउडमा हिट फिल्मको प्रतिक्षामा छिन् । 

तर अब भने अभिनेत्री अथिया शेट्टीलाई यस विषयमा टाउको दुखाएर बस्नुपर्ने कुनै आवश्यकता छैन किनकी अथियाका लागि बलिउडका ‘दबंग’ सलमान खानले अथियाको जिम्मेवारी लिन अघि  सरेका छन् । सलमान खान अहिले अथियाको लागि एक हिट फिल्मको खोजीमा जुटेका छन् । 

सलमान खानले आदित्य पञ्चोली र सुनील शेट्टीका सन्तानलाई बलिउडमा डेब्यू गराउने बचन दिएका थिए । त्यही अनुरुप खानले आदित्य पञ्चोलीका छोरा सूरज पञ्चोली र सुनील शेट्टीकी छोरी अथियालाई फिल्म ‘हिरो’ बाट डेब्यू गराएर आफूले दिएको बचन पूरा गरेका थिए । तर यो फिल्मले राम्रो प्रदर्शन गर्न सकेन । 

त्यसैले सलमान फेरि अहिले अथियाको लागि राम्रो प्रोजेक्टको खोजीमा छन् । साथै सूरज पञ्चोली पनि फेरि यस पटक अभिनेत्री कट्रिना केफकी बहिनी इजाबेल केफका साथ नयाँ फिल्ममार्फत दर्शकमाझ आउने तयारी गरिरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया