प्रेमीको हत्या गरेर उनको मासुको परिकार पाकिस्तानी कामदारलाई !

 मंसिर ५, २०७५ बुधबार २२:२६:५० | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

यूएईमा मोरक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर पकाएर पाकिस्तानी कामदारलाई मासु खुवाएको खुलासा भएको छ ।

बीबीसीले जनाएअनुसार उनले आफ्ना प्रेमीको हत्या तीन महिनाअघि नै हत्या गरेकी हुन् । तर घटनाका बारेमा भर्खरै पत्ता लागेको हो । उनको घरमा रहेको मिक्सरमा मान्छेको दाँत भेटिएपछि घटनाको रहस्य खुलेको हो । 

ती महिलाले प्रहरीसामु आफूले ‘पागलपनको अवस्था’ मा प्रेमीको हत्या गरेको बताएकी छिन् । ३० वर्षीया ती महिलालाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

हत्या गरिएका युवकसँग ती महिलाको ७ वर्षदेखि सम्बन्ध रहेको यूएईको पत्रिका द नेसनलले जनाएको छ ।

युवकले अर्कै युवतीसँग विवाह गर्ने योजना सुनाएपछि आफूले हत्या गरेको ती युवतीले प्रहरीसामु बयान दिएकी छिन् ।

उनको हत्या कसरी भयो भन्ने बारेमा केही पत्ता नलागे पनि उनको शरीरको भागलाई परम्परागत मासुको परिकार बनाएर पाकिस्तानी कामदारलाई दिएको भने खुल्न गएको छ ।

युवकका दाजु ओमानसँग जोडिएको सीमावर्ती सहर अल ऐनमा रहेको आफ्नो घरमा खोज्न गएपछि मात्रै घटनाका बारेमा पत्ता लागेको हो । ती युवतीको घरमा भेटिएको दाँतको डीएनए परीक्षण गरेपछि मात्रै युवकको हत्या भएको पुष्टि भएको हो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया