वेष्ट इन्डिजलाई हराउँदै अष्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा

 मंसिर ७, २०७५ शुक्रबार ६:३४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

साविक विजेता वेष्ट इन्डिजलाई ७१ रनले हराउँदै अष्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । उसका लागि एलिसा हेलीले ४६ तथा कप्तान मेग लानीङले ३१ र रिचेल हानेसले २५ रन बनाइन् ।

जवाफमा एक सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टिम वेष्ट इन्डिज १७ ओभर तीन बलमा मात्र ७१ रनमा अलआउट भयो ।

उसका लागि कप्तान स्टेफानी टेलरले १६ रन बनाउदा बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए । वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्न एलिसे पेरी, डिलीसा किमिन्स र गार्डनेरले दुई दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया