कर्जन्हा बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ३ पुग्याे

 मंसिर ७, २०७५ शुक्रबार १५:२३:४९ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नपा ३, बन्दिपुरमा बिहीबार बेलुका भएको बस दुर्घटनामा थप दुई जनाको ज्यान गएको छ । दुईसहित मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

सर्लाहीबाट तीर्थयात्री बोकेर पूर्वतर्फ आइरहेको ना ४ ख ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९४० नम्बरको टिपर एक आपसमा ठोकिँदा बसमा रहेका सर्लाही हरिपुर–९ का करिब ४५ वर्षीय रामपृत साह, कविलाशिका राजेन्द्र चौधरी र जगदिश ठाकुरको ज्यान गएको हो । 

साह र चौधरीको विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।

यसअघि गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लैजाने क्रममा हरिपुर नगरपालिका वडा नं.–९ का ४५ वर्षीय जगदिश ठाकुरको बिहीबार साझ मृत्यु भएको थियो । 

घाइतेमध्ये गम्भीर अवस्था रहेका ३ जनाको उपचार विराटनगरमा भइरहेको छ । सामान्य घाइतेहरु उपचारपछि घर फर्कन थालेका छन् । टिपरका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने बसका चालक फरार रहेको प्रवक्ता खरेलले बताउनुभयो

अत्यधिक गतिमा रहेको बस र टिपरले नियन्त्रण गुमाएपछि दुर्घटना भएकाे जनाइएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया